• info@fsmenepal.org
  • 01-4106773
News Photo

साना तथा मझौला व्यवसायी महासंघको २० औं वार्षिक साधारण सभाबाट केन्द्रिय पदाधिकारी निर्विरोध निर्वाचित

गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका वडा नं. ६ मसबारामा २०८१ मंसिर १५ गते शनिबार साना तथा मझौला व्यवसायी महासंघको २० औं वार्षिक साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भयो।

संस्थाको विधानअनुसार आयोजित निर्वाचन प्रक्रियाबाट अध्यक्षदेखि विभिन्न उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रदेश सभापतिहरू र केन्द्रिय सदस्यहरू गरी जम्मा ४५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्षमा हरिभक्त पराजुली, वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद पौडेल, र महिला उपाध्यक्षमा यशोदा दाहाल निर्विरोध चयन भएका छन्। सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी प्रदेश सभापतिहरू पनि निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत अधिवक्ता प्रकाश शर्माका अनुसार निर्वाचन प्रक्रिया पूर्ण रूपमा पारदर्शी र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Share This News

Comment

Do you want to know more about us?